ब्रेकिङ न्युज
काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय
काठमाडौं - सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सोबारे जानकारी दिएका हुन् ।साथै, निजी अस्पतालहरूलाई ...
नेपालमा आज हालसम्मकै धेरै ९ हजार ४८३ जनामा कोरोना पुष्टि, एकैदिन २२५ जनाको मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९४८३ जनामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । आज कोरोनाबाट थप २२५ जनाको मृत्यु भएको छ । ...
अक्सिजन र आवश्यक औषधिको आपूर्ति सहज बनाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं - सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर् ...
मोरङमा सिटी सफारी दुर्घटना हुँदा एक बालिकाको मृत्यु
काठमाडौं, मोरङ - मोरङमा सिटी सफारी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका– ५ तीनपैनीस्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार बालिकाको मृत्यु भएको हो ।मंगलबार बिहान साढे ९ बजे को १ ह ७५५८ नम्बरको सिटी सफा ...
काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्ने निर्णय
काठमाडौं - काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितक ...
श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा
काठमाडौं, कैलाली - कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि गर्नु पर ...