काठमाडौं –  कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगूको संक्रमण देखिएको छ ।

उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगू भएको आशंकामा उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको हो ।

परीक्षणमा डेंगू भएको पुष्टि भएपछि उनलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।