काठमाडौं-सेन्चुरी कमर्सियल बैंकका केही  कर्मचारीले नक्कली प्रोक्सी दर्ता गराएको भन्दै एक शेयर सदस्यले कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी गरेका छन् ।   

बैंकले यही पौष १४ गते वार्षिक  साधरण सभा गर्ने सूचना जारी गरेको र सूचनामा रहेका केही प्रस्तावहरु गैरकानुनी रहेकाले धेरैजसो शेयर धनीहरु उक्त प्रस्तावको विपक्षमा रहेको उजुरीमा उल्लेख छ ।

मध्यरातमा बैंक प्रबेश गरेका थिए पाँच कर्मचारी 

पौष ११ गते राती नौ बजेर ५०मिनेट जाँदा सेन्चुरी कमर्सियल बैंकको केन्द्रिय कार्यालय पुतलीसडकमा पाँच जना कर्मचारी बैंक प्रवेश गरि नक्कली प्रोक्सी दर्ता गर्न लागेको सूचना खबर एक्सप्रेसलाई आयो । उक्त सूचना आएपछि बैंकमा केही घटना नहोस् भनेर बैंकमा प्रबेश गरेका व्यक्तिहरु अनधिकृत हुन कि ? कर्मचारी हुन भनेर हामीले काठमाडौ प्रहरीलाई  जानकारी दियौं राती १० बजेर पाँच मिनेटमा प्रहरी कार्यालय मालीगाउँबाट बैंकमा प्रहरी पुग्दा बैंकमा सेक्युरिटी गार्ड मात्र रहेको र चार जना कर्मचारी भर्खरै बाहिर गएको भन्ने जानकारी प्रहरी मार्फत प्राप्त भयो । 

त्यसपछि पनि फेरि बैंकमा केही कर्मचारीहरु नक्कली प्रोक्सी जम्मा गर्ने काम भैरहेको सूचना आयो उक्त सूचनापछि खबर एक्सप्रेस टिम राती ११ बजेर ३० मा  सेन्चुरी कमर्सियल बैंकको केन्द्रिय कार्यालय पुतलीसडकमा पुग्दा बैंकका कम्पनी सचीव तुल्सी भट्टराईसहित अन्य कर्मचारीहरु बिष्णुहरि लोहनी र मुगासेर राई गरि तीन जना कर्मचारी बैंकमा भेटिए भने केही समय अघिसम्म आइटी डिपार्टमेन्टकी एक जना महिला कर्मचारी पनि बैंकमा भएको सूचना थियो तर बैंकका कम्पनी सचीव भट्टराईले भने घर गएको जानकारी दिएपनि स्रोतका अनुसार बैंकको आइटी  डिपार्टमेन्टमा काम गर्ने केही कर्मचारीहरु पनि भित्र भएको र उपत्यका बाहिर भएका शेयर धनीहरुको नक्कली हस्ताक्षर गरि साधरण सभालाई चाहिने ५१ प्रतिशत शेयर संख्या पुर्याउन रातभर लगाएर काम गरिरहेको स्रोतको दाबी छ । भने नक्कली प्रोक्सी छानबिन गरि तत्काल बदर गर्न माग गर्दै शेयरधनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी समेत गरेका छन् । भने यस विषयमा कुरा गर्दा नेपाल राष्ट्र बैंकका प्रवक्त डा. गुणाकर भट्टले राष्ट्र बैंकमा उजुरी परेमा छानबिन गर्ने बताए ।

हेर्नुस् कम्पनी रजिस्ट्रारको कार्यालयमा परेको उजुरी

No description available.