काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउकाे विराेधमा कार्यकर्ता सडकमा उत्रिएका छन्। एमालेका भ्रातृ संगठनहरू र समर्थकहरू राजधानीलगायत देशभरका प्रमुख शहरहरूमा सडक प्रदर्शनमा उत्रिएका हुन्।

अध्यक्ष ओलीलाई गुण्डुस्थित निवासबाट शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो। यसकाे विराेधमा काठमाडौँको भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय च्यासलसहितका स्थानमा एमाले निकटका युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरू ठूलो संख्यामा भेला भएका छन्।

प्रदर्शनकारीहरूले सरकार विरोधी नाराबाजी गर्दै तत्काल ओलीको रिहाइको माग गरेका छन्। पार्टी केन्द्रीय कार्यालय अगाडि टायर बालेर सडक अवरुद्ध गरिएको छ भने भृकुटीमण्डमा पनि नाराबाजी गरेका छन्।