काठमाडौं - प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।
एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएको छैन ।
यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

.gif)


