ओली–लेखकलाई पक्राउ गर्नु सरकारको अपरिपक्व कदमः पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु सरकारको अपरिपक्व कदम भएको बताएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले शनिबार विज्ञप्ति जारी गर्दै हतारमा गरिएको सरकारको कदमले देशमा पुनः द्वन्द्व र अस्थिरताको जोखिम बढाउने बताएकी हुन्।
‘कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ। हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्छ र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्छ।
सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दुःखद् विषय हो,’ उनले भनेकी छन्।
ओली र लेखकलाई पक्राउ गर्ने सरकारको कदम वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने उनको भनाइ छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस