एमालेको अवरोधपछि संसद् बैठक स्थगित, दलसम्बन्धी अध्यादेश पेस
काठमाडौं - संघीय संसद्को नवौँ अधिवेशन अन्तर्गतको पहिलो बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारबाही गरेको निर्णयलाई सभामुख सापकोटाले प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो । अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठकपनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख सापकोटाले पुनः बैठक स्थगित गरेका थिए । त्यसपछि तेस्रोपटक बसेको बैठकमा पनि एमालेका सांसदले अवरोध जनाएपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन् ।
एमाले सांसदले नाराबाजी नरोकेपछि उनले मागमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद संचालनमा सहयोग गर्न पटक-पटक आग्रह गरेका थिए तर, अवराेध राेकिएन ।
साथै उक्त अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ संसदमा पेस गरेका छन् । संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस