काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपीएल) को २०२६ को संस्करण आजदेखि सुरु हुँदैछ । उद्घाटन खेल साविक विजेता रोयल च्यालेन्जर्स ब्याङ्गलोर (आरसीबी) र  सनराइजर्स हैदराबादबीच हुँदैछ । 

यी दुई टोलीको खेल नेपाली समयअनुसार ७ः४५ देखि ब्याङ्गलोरको एम चिन्नस्वामी क्रिकेट स्टेडियममा हुनेछ । आजको खेलमा हैदराबादका लागि कप्तानको भूमिकामा इशान किसन रहने छन् । नियमित कप्तान प्याट कमिन्स ढाडको चोटका कारण केही खेल गुमाउने भएपछि किसनले टिमको कप्तानी गर्ने मौका पाएका हुन् । आरसीबीका लागि भने रजत पार्टीदारले नै कप्तानको भूमिका निर्वाह गर्नेछन् । 

\१९ औं संस्करणको आइपीएल २०२६ मार्च २८ बाट मे ३१ सम्म चल्नेछ । आइपीएलमा१० वटा टोलीले डबल राउन्ड रोबिन फम्र्याटमा खेल्ने छन् । यसका आधारमा लिगमा जम्मा ७० खेल हुनेछन् । यी खेलहरू १३ वटा भेन्युमा हुनेछन् । पहिलो चरणमा मार्च २८ देखि अप्रिल ११ सम्म २० वटा खेल खेलाइनेछ । त्यसपछि दोस्रो चरणमा अप्रिल १३ देखि मे २४ सम्म ५० वटा लिका खेलहरु आयोजना हुनेछन् ।

यी खेलहरूमध्ये लिगका खेलहरू आठ वटा डबल हेडर खेलहरू रहेका छन् भने अन्य खेलहरू सिङ्गल हेडरमा खेलाइने छन् । दुई दुई वटा खेल भएको खण्डमा पहिलो खेल ३ः४५ मा सुरु हुनेछ भने दोस्रो खेल साँझ ७ः ४५ बाट सुरु हुनेछ ।