ब्रेकिङ न्युज

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

काठमाडौं - साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ । बिहीबार प्रतितोला ७३ हजार ४ सय रुपैंयामा कारोबार भएको सुन आज ७२ हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । सुनको मुल्य आज १४ सय रुपैंयाले घटेको हो ...

देशभर वर्षा, उच्च सतर्कता जरुरी

काठमाडौं - देशभर वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ । आगामी २४ घण्टाका लागि मेघगर्जन र चट्याङसहित वर्षाका साथै मध्य र पश्चिमका एक दुई स्थानमा भारी ...

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कंदैछन् । प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए ।मिर्गौलासम्बन्धी एण्टिबडी ...

बाढीले कार बगाउँदा एकको मृत्यु

दोलखा - दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार त ...

सुनसरीका दुई स्कुलमा विप्लव समूहद्वारा बम बिष्फोट

सुनसरी - सुनसरीका दुई छुटाछुटै स्थानमा बिहीबार राति बम विष्फोट भएको छ। इटहरी उपमहानगरपालिका–९ मा रहेको सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा विप्लवले बम बिष्फोट भएको हो। स्थानीयका अनुसार बिहीबार राति सवा १२ बजे बिष्फोटको ठूलो ...

भयावह डेंगुः राजधानी काठमाडौं नै उच्च जोखिममा

काठमाडौं - डेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ । सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थाले ...