ह्वात्तै घट्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७६-०५-२० ११:०० मा प्रकाशित
Total Shares: 766
काठमाडौं - साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ । बिहीबार प्रतितोला ७३ हजार ४ सय रुपैंयामा कारोबार भएको सुन आज ७२ हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । सुनको मुल्य आज १४ सय रुपैंयाले घटेको हो ।
यस्तै तेजावी सुन ७१ हजार सात सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी ९ सय रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ । चाँदी पनि४० रुपैंयाले घटेको हो ।
फेसबुक पेज Like गर्नुहोस