ब्रेकिङ न्युज
सिन्धुलीमा शिक्षक अपहरण गर्ने विप्लव समूहका ७ कार्यकर्ता पक्राउ
सिन्धुली - शिक्षक अपहरण गरेको अभियोगमा सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समुहका ७ जना कार्यकता पक्राउ गरेको छ। सिन्धुलीको तीनपाटन गाउँपालिका ८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको सुराकीका आधा ...
रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु
रुपन्देही - कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।यही भदौ ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हो ...
सुनचाँदीको भाउ बढ्यो
काठमाडौं - सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको ...
कोरोना सङ्क्रमणबाट चितवनमा थप १ जनाको मृत्यु
चितवन - भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।भदौ २ गते कोरोना सङ् ...
नाग्म पहिरो: एकै परिवारका चारसहित १० जनाको मृत्यु, दुई अझै बेपत्ता (अपडेट)
सुर्खेत - कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ ।नाग्म ...
सीताराम हाछेथु ललितपुर नगर प्रहरी प्रमुखमा नियुक्त
काठमाडौं - ट्राफिक प्रहरी पूर्वनिरीक्षक सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा नियुक्त भएका छन् । हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो । महानगरभित्रको ट्राफिक व्यव ...

.gif)