काठमाडौं - ट्राफिक प्रहरी पूर्वनिरीक्षक सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा नियुक्त भएका छन् । 

हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो । 

महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयन गर्न विज्ञका रुपमा उहाँले भूमिका खेल्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।