सिन्धुलीमा शिक्षक अपहरण गर्ने विप्लव समूहका ७ कार्यकर्ता पक्राउ
सिन्धुली - शिक्षक अपहरण गरेको अभियोगमा सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समुहका ७ जना कार्यकता पक्राउ गरेको छ।
सिन्धुलीको तीनपाटन गाउँपालिका ८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको सुराकीका आधारमा स्थानीय र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका हुन्।
प्रध्यानध्यापक अपहरणमा संलग्न रहेको भन्दै एक महिला कार्यकर्तालाई प्रहरीले हतियार सहित शनिबार र अन्य ६ जना पुरुषहरुलाई आइतबार नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।
शिक्षकलाई नियन्त्रणमा लिएको घटनामा विप्लव कार्यकर्ता संलग्न भएको सूचनापछि प्रहरीले विप्लव समुहका एक महिला कार्यकर्तालाई नियन्त्रणमा लिएर शिक्षकलाई अपहरण मुक्त गराएको थियो।
फेसबुक पेज Like गर्नुहोस