ब्रेकिङ न्युज

बिहान तराईमा हुस्सु, दिउँसाे प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना

काठमाडाैं - हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेकाे छ ।दिउँसाे प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएक ...

छानविन प्रतिवेदनकाे निष्कर्षः ‘गैंडा मर्नुमा निकुञ्ज र सडक डिभिजनको कमजोरी’

काठमाडौं. चितवन - निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिंगे गैंडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको कमजोरी देखिएको छ । कानुनी प्रकृया पुरा नगर्दा र निर्माणाधीन योजनाको अनुगमन नहुँदा गैंडा अकालमै मर ...

तुलसीपुरकाे जुत्ताचप्पल गाेदाममा आगलागी हुँदा ५ जनाकाे मृत्यु

काठमाडौं. दाङ - दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलकाे गाेदाममा आगलागी हुँदा ५ जनाकाे ज्यान गएकाे छ । बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए ...

संसदमा एमसीसी टेबुल गर्न सभामुखले रोक्न मिल्दैन : कांग्रेस

काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसले सभामुखले एमसीसी रोक्न नपाउने बताएको छ । बुधबार केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आजको बैठकमा एमसीसी र स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल भएको बताए । महतले एमसीसीलाई कस ...

मुगुका सांसद बानियाँविरुद्धकाे बलात्कार मुद्दा दर्ता

काठमाडौं,जुम्ला - जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेकाे छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३ ...

राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पेश भएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प् ...