सुनकोशी मरिनको काम अलपत्र पार्ने पटेल इन्जिनियरिङ र रमण कन्स्ट्रक्सन कालोसूचीमा
काठमाडौं - राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत निर्माण कार्यमा ढिलासुस्ती गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्रा.लिसहित ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
ती कम्पनीहरूलाई तीन वर्षसम्म सरकारी ठेक्का प्रक्रियामा भाग लिन नपाउने निर्णय गरिएको हो। कार्यालयका अनुसार सूचीमा रमण र भारतको पटेल मुख्य रूपमा परेका छन् ।
यी दुई कम्पनीको संयुक्त लगानी (जेभी) ले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको हेडवर्क्स, विद्युतगृह, सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानको ठेक्का पाएको थियो ।
निर्धारित समयमै काम अघि नबढेपछि आयोजनाले गत वर्ष नै ठेक्का किन नतोड्ने भन्दै स्पष्टीकरण मागेको थियो । तर, कम्पनीहरूको जवाफ चित्तबुझ्दो नभएपछि कालोसूचीमा राख्ने निर्णय गरिएको हो।
कालोसूचीमा परेका कम्पनीहरूले अब सरकारी तथा सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् । रमण कन्ष्ट्रक्सनका संचालक पवन महतो र बलराम महतो हुन् । रमण कन्ष्ट्रक्सनले सुन्धाराको निर्माण गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस