काठमाडौं - साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई जितका लागि १ सय ५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे। निरोशन डिकवेल्लाले २७ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे।
दिलीप नाथले २५ र आशिफ शेखले २१ रन बनाए। रुवेन ट्रम्पलम्यान १५ रनमा अविजित रहे। सन्दीप जोराले ९, समिम होसैनले १ र डार्सी सर्टले शून्य रन बनाए।
जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २ विकेट लिए। ललित राजवंशी, अभिषेक तिवारी र हरमित सिंहले समान १ विकेट हात पारे।
अब जनकपुरले जितका लागि १ सय ५० रनको लक्ष्य पछ्याउनेछ।

.gif)


