काठमाडौं - प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
सरकारले गैरकानुनी रूपमा आफूलाई आईजीपीबाट हटाएको दाबीसहित कार्कीले कानुन व्यवसायीमार्फत रिट दायर गर्ने तयारी गरेका हुन्। उनका कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगे पनि रिट दर्ता भने भइसकेको छैन।
सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। नवनियुक्त आईजीपी केसीले बुधबार नै दर्ज्यानी चिह्न ग्रहण गरी पदभार सम्हालिसकेका छन्।
आफ्नो कार्यकाल बाँकी रहँदै सरकारले पदबाट हटाएपछि कार्की कानुनी उपचारको बाटोमा गएका हुन्।
सरकारले कार्कीलाई आईजीपीबाट हटाएपछि प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ।

.gif)


