काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनीले ब्याटिङको निम्तो पाएको हो ।

एनपीएलमा यी दुई टोलीबीच अहिलेसम्म दुई खेल भएका छन्। दुवैले एक–एक खेल जितेका छन् ।

पहिलो सिजन जनकपुरले लुम्बिनीलाई १ रनले पराजित गरेको थियो। दोस्रो सिजन भने लुम्बिनीले जनकपुरलाई ४ विकेटले हराउँदै हिसाब बराबर गरेको थियो।

आजको खेलका लागि लुम्बिनीले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ भने जनकपुरले दुई खेलाडी परिवर्तन गरेको छ।