काठमाडौं - सर्लाहीस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे उनलाई रङ्गेहात पक्राउ गरेको हो।
कार्यालयको प्रशासन फाँटमा कार्यरत तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम सहज बनाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ
सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

.gif)


