काठमाडौं - नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दैछन् ।
भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ । भेटघाट सकेर उनी आजै अपराह्न स्वदेश फर्किने छन्।
परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमण आएका उनले बुधबार दिनभर नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–भारतबिचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल गरेका थिए।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीको सिलसिलामा मिस्री नेपाल आएका हुन् ।

.gif)


