आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आज
काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाइले आइतबारदेखि निरन्तरता पाउँदैछ ।
जेठ ३० गते एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो । आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।
आज विश्वराज पोखरेल पक्षका कानून व्यवसायीले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानूनी रहेको दाबी पेस गर्नेछन् भने उनीहरुको बहसपछि सिंहका कानून व्यवसायीले बहस गर्नेछन् ।
सरकारको निर्णयको बचाउका लागि सरकारी वकिलहरुले पनि बहस गर्नेछन् । आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सिंहलाई ७ चैत २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र १८ वैशाख २०७९ मा प्रहरी महानिरीक्षक आइजीपी नियुक्त गरिएको थियो । सरकारले सिंहलाई आईजीपी बनाएसँगै पोखरेल बिदामा रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस