पत्रपत्रिकाबाट

अन्तर्राष्ट्रिय उडान बैशाख १८ सम्म प्रतिबन्ध

काठमाडौं - सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्धलाई बैशाख १८ गतेसम्म लम्ब्याएको छ ।यसअघि सरकारले बैशाख ३ गतेसम्मका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ...

लकडाउनका कारण विद्यार्थी भर्ना प्रभावित

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ ।विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका ...

लकडाउनमा ढुवानी सहजीकरण : कोलकाता र हल्दिया बन्दरगाहमा जरीवाना मिनाहा

वीरगञ्ज - कोभिड–१९ बाट ढुवानीमा देखिएको गतिरोध समाधानका निम्ति भारतको कोलकाता र हल्दिया बन्दरगाहले कन्टेनर र बल्क कार्गोमा लाग्ने जरीवाना मिनाहा गर्ने भएका छन् । नेपालको तेस्रो मुलुकसँगको व्यापारमा अधिक चल्तीमा रहेको कोलकाता बन्दरगाहले गत मार्च ...

जिउँदा कुखुरा नष्ट गरिँदै

चितवन - कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् ।नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताए । अध्यक्ष पोखरेलका अनुसार नेपाल ...

लकडाउनमा सकिए नाकाबन्दीका इन्डक्सन

काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड–१९ का कारण बन्दाबन्दीमा मात्र सकिए ...

सरकारी अस्पतालका डाक्टरले नै हेर्नै मानेनन्, एम्बुलेन्समै बिरामीको मृत्यु

काठमाडौं - सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन्। कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राख ...