लकडाउनका कारण विद्यार्थी भर्ना प्रभावित
खबर एक्सप्रेस
२०७६-१२-२६ ०७:४४ मा प्रकाशित
Total Shares: 231
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ ।
विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई कक्षा कोठामा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गरिँदै आएको थियो ।
यस पटक वैशाख २ देखि १५ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने सरकारी योजना थियो ।
शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमणका कारण यस वर्षको विद्यार्थी भर्ना अभियान प्रभावित हुने बताए ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस