जेनजी आन्दोलनमा नख्खु कारागारबाट फरार रहेका कैदी बैतडीबाट पक्राउ
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 8
बैतडी - जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीलाई बैतडीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पुर्चौंडी नगरपालिका-७ काफलीका नरेन्द्रसिंह रतोकी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार रतोकीलाई इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा खटिएको टोलीले आज बिहान उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।
रतोकी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित नख्खु कारागारबाट फरार भएका थिए ।
उनीविरुद्ध जबरजस्ती करणी तथा डाँका चोरीसम्बन्धी मुद्दामा अदालतबाट १७ वर्ष ६ महिनाको कैद सजाय तोकिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस