आगामी बजेट ल्याउने बाटो खुलेसँगै प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो ।
भेटका क्रममा सरकारले बिहीबार मात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
बिहीबार विपक्षीको अवरोध र बहिष्कारका बीच संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।
बैठकमा अर्थमन्त्री वाग्लेले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। त्यसपछि सभामुख डीपी अर्यालले नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए।
त्यसअघि सभामुखले संशोधन फिर्ता लिन चाहने सांसदहरूलाई समय उपलब्ध गराएका थिए।
तर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने चार विपक्षी दलहरूले बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिएका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनभित्रै उभिएर विरोध जनाएको थियो।
तर सदनमा सत्तापक्ष रास्वपाको बहुमत रहेको अवस्थामा विपक्षीका सबै संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरेपछि पछि नीति तथा बहुमतका आधारमा पारित गरिएको थियो ।
त्यसअघि पनि विपक्षी दलहरुले प्रधानमन्त्री शाह अनुपस्थित रहेको भन्दै विपक्षी दलहरूले लामो समयसम्म सदन अवरुद्ध गरेका थिए।
अवरोधका बीच पनि सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै आगामी बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस