ब्रेकिङ न्युज

नेपालमा थप २ हजार ८९२ जनामा कोरोना पुष्टि, ४१ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २८९२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १८८९ र एन्टिजेन विधिबाट १००३ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...

मानव अधिकार आयोगले शिक्षामन्त्रीसँग रूपा सुनार प्रकरणबारे स्पष्टीकरण सोध्यो

काठमाडौैं - राष्ट्रिय मानव अधिकार आयोगले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँग रूपा सुनार प्रकरणमा स्पष्टीकरण सोधेको छ । आयोगले मंगलबार कार्यालयमै बोलाएर स्पष्टीकरण लिएको आयोगका महासचिव तथा प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । सामाजिक विभे ...

सार्वजनिक यातायातले असुल्न थाले तोकेभन्दा बढी भाडा

काठमाडौं - कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा असुल्न थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि स ...

नेप्से : पाँच वटा फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढ्यो

काठमाडौैं - शेयर बजार परिसूचक नेप्से बुधवार (आज) सामान्य घटेको छ । नेप्से आज चार दशमलव १३ अङ्कले घटेर दुई हजार आठ सय २३ दशमलव ८७ विन्दुमा झरेको छ ।आज बैंकिङ समूहका शेयर चार अङ्कले, व्यापारको २२ अङ्कले, होटल समूहको ५०, माइक्रो फाइनान्सको ४७, जीवन बीमा ...

राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार शुरु हुँदै

काठमाडौं - सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि शुरु हुँदैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १ ...

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षमाथिको कारवाही निष्क्रिय

काठमाडौं - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ । बुधवार बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो । रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस् ...