काठमाडौं - प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

मंगलबार सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा प्रवेश गर्ने वितिक्कै विपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए। 

उनीहरूले संसद्को नियमावलीअनुसार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गरेका छन्। 

विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटपछि बस्नेगरी स्थगित गरिएको हो ।