झापा - प्रदेश नं १ सरकारले भारतसँगको सबै सिमानाका बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँगको नाका तत्कालको लागि बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तत्काल नाका बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागि एक सांसदले बताए ।

प्रदेश १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको रानी नाका सञ्चालनमा छन्। यस्तै बैठकले एक साताभित्र ५० शैयाको आपतकालीन अस्पताल पनि बनाउने निर्णय गरेको छ।