काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको आन्ताल्या पुगेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ। उनले नोभेम्बर ११ र १२ मा आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन्।