काठमाडौँ - तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ।

तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र साझ औँसी तिथि लाग्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत रूपमा एकै दिन यी दुवै पर्व मनाउने निर्णय गरेको हो। बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ। साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी दीपावली गरिने छ।