काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित भएका छन् ।

चाडबाडको बिदाका दिनसमेत प्रहरीले ताकेता गरेपछि आफू ब्युरोमा उपस्थित भएको शिवाकोटीले बताएका छन् ।

ब्युरोले सोधपुछका लागि बिहीबार नै शिवाकोटीलाई उपस्थित हुन बोलाएको थियो । उनीविरुद्ध पत्रकार रोशन खड्काले साइबर ब्युरोमा उजुरी दिएको बताइएको छ ।

प्रहरीको बोलावटपछि शिवाकोटी आज ब्युरोमा उपस्थित भएका हुन् ।

शिवाकोटीले आफूसँगै कानून व्यवसायीलाई पनि लैजान चाहे पनि प्रहरीले प्रवेशमा रोक लगाएको बताएका छन् ।