‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सरकारले भन्यो: 'इरानमा भएकाहरु छिटो फर्किनु, भ्रमण स्थगित गर्नू'
काठमाडौं - सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो छिटो स्वदेश फर्किन आग्रह गरेको छ ।
अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले आज ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरानमा भएकालाई छिटो फर्किन र इरान जाने तयारी गरिरहेकालाई भ्रमण स्थगित गर्न आग्रह गरेको हो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको ‘ट्राभल एड्भाइजरी’ भनिएको छ–‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ । हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो इरान छोड्न सल्लाह दिन्छौँ ।’
सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण डकुमेन्टहरू पासपोर्स्ट, परिचयपत्रलगायतहरू सहजै भेटिने स्थानमा राख्न पनि भनेको छ । परराष्ट्रले समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावासँग सम्पर्कमा रहिरहन पनि भनेको छ ।
इरानमा नेपाली भएको तर, कति संख्यामा छन् भन्ने तथ्यांक छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस