काठमाडौं - संघीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेका हुन्।


राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।

यससँगै संघीय संसद्का दुवै सदनको चालू अधिवेशन औपचारिक रूपमा समाप्त हुनेछ।