डडेल्धुरा - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

आफ्नै गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्।