चुनाव जहिले भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै हो: केपी शर्मा ओली
काठमाडौं- यसअघिसम्म सरकारले निर्वाचन गराउदैन भन्दै आलोचना गर्दै आएका ओलीले सम्भवतः निर्वाचन फागुन २१ मै हुने र फागुन २१ मा हुन नसके वा केही समय पछि हुने बताएका छन् ।
अध्यक्ष ओलीले भने- 'चुनाव आउँदैछ। सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ। यदि फागुन २१ मा भएन भने अलि पछि होला, जहिले भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै हो ।' साथै अध्यक्ष ओलीले एमाले सरकारको कार्यकालमा देशमा विकासका काममा गति आएको दाबी गर्दै पार्टीले आगामी चुनावमा विजयी हुनु आवश्यक रहेको बताए ।
वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसाबले एमाले नै राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धनको नेतृत्व गर्ने पार्टी भएको उनको भनाइ थियो ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्भवतः फागुन २१ मै प्रतिनिधि सभा निर्वाचन हुने बताएका छन् । झापा क्षेत्रका मतदाताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको तयारी र पार्टीको दृष्टिकोणबारे जानकारी दिएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस