काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमाडौं गोखार्जविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि काठमाडौंले बलिङ गर्ने भएको हो। 

यो खेलको विजेताले दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोली प्लेअफबाटै बाहिरिनेछ। 

यसअघि लिग चरणमा भएको भेटमा काठमाडौंले चितवनलाई १० रनले हराएको थियो।

चितवन राइनोज: कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, विवेक यादव, रन्जित कुमार, दिपक बोहोरा, सलहुद्दिन खान, रवि बोहोरा, कमिल मिसारा, डविड मलान र उस्मान मिर।

काठमाडौ गोर्खाज: करण केसी, भीम सार्की, रासिद खान, सन्तोष यादव, साहिल पटेल, गणेश गौतम, सोनु देवकोटा, जहानदाद खान, सहान, विलियम बसिस्टो र सामुहिल हेजलेट।