काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका ओपनर मिल मिसाराले कीर्तिमानी ब्याटिङ गरेका छन् । उनले एनपीएलमा अहिलेसम्मकै उच्च व्यक्तिगत रन बनाए ।

आजको इलिमिनेटरमा काठमाण्डु गोर्खाज विरुद्ध श्रीलङ्कन खेलाडीले १२० रनको विष्फोटक पारी खेलेका हुन् । उनले ५९ बलमा १० छक्का र ५ चौका प्रहार गरेका छन् ।

मिसाराको शतकीय योगदानमा चितवनले काठमाण्डुलाई २०५ रनको बलियो लक्ष्य दिएको छ ।