काठमाडौँ - चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले क्वालिफायर २ मा स्थान बनाएको हो ।

योसँगै चितवनले अब फाइनल प्रवेशका लागि भोलि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । पराजित काठमान्डु भने प्रतियोगिताबाट बाहिरिएको छ ।

२०५ रनको विशाल लक्ष्य पछ्याएको काठमान्डुले २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रनमात्रै बनायो ।

काठमान्डुले दोस्रो ओभरको सुरुवातमै विकेट गुमाउन पुग्यो । ओपनर साहिल पटेल ६ बलमा २ रन जोडेर पभेलियन फर्किए । उनलाई रिजन ढकालले आउट पारे ।

चौथो ओभरमा विलियम बोसिस्टोले लगातार तीन बाउन्ड्री प्रहार गर्दै चितवनका बलर सलाहुद्दिन खानलाई दबाबमा पारे ।