काठमाडौं - ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजिव पोखरेल तथा उपसचिव निर्मला गुरुङ रहेका छन्।
प्रहरीका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसमेतको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत वैदेशिक रोजगारीमा जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरिएको विषयमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

.gif)


