काडमाडौं,ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका–५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ ।

बिहीवार अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट २ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । 

एक्लै बस्दै आएका लिम्बूको घरमा आगलागीबाट ८० हजार, ३० हजार बराबरको अन्नपात र  लत्ताकपडालगायत सामान र करीब १ लाख ५० हजार रुपैयाँ बराबरको कच्ची घर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नगरपालिकाको दमकलको सहायतामा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने खुलेको छैन ।