काठमाडौं - नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले महाधिवेशन प्रक्रियामा सहभागी नभएका र निर्वाचनमा पराजित हुने सबैलाई समेटेर अघि बढ्ने बताएका छन्। 

महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले महाधिवेशन प्रक्रियाबाहिर रहेका नेताहरूलाई पनि कांग्रेसमा समेटेर अघि बढ्ने बताएका हुन् ।

उनको संकेत महाधिवेशनमा सहभागी नभएको देउवा समूहप्रति थियो।

‘पार्टीका केही साथीहरू हाम्रो प्रोसेसमा सहभागी नभएर अहिले बाहिर हुनुहुन्छ, नेताहरू हुनुहुन्छ। हामी उहाँहरूलाई समेट्ने कोसिस गर्छौं। कोही पार्टी नै नयाँ खोलेर जान्छु भनेर भन्नुभयो भने त उहाँहरूको च्वाइस हो। तर कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने कोसिस गर्छौं,’ उनले भने।