पोखरा - पोखरा महानगरपालिका–२८ माझठानामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस कालिकास्थित ओख्लेको भीरबाट खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा र तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएका तीन जनाको मृत्यु भएको बताइएको छ।
बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार रहेको प्रारम्भिक विवरण छ। दुर्घटनाको कारण र घटनाबारे थप विवरण आउन बाँकी छ।

.gif)


