काठमाडौं - प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट विशेष सूचनाका आधारमा खटिएको टोलीले बिहीबार सुन बरामद गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा र १० किलो प्रशोधनका लागि राखिएको अवस्थामा भेटिएको छ ।

घटनामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेकाहरूको संख्या र बरामद सुन कहाँबाट ल्याइएको भन्नेबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यस विषयमा अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत थप जानकारी दिने बताइएको छ ।