नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने
खबर एक्सप्रेस
२०८०-०२-२९ ११:५९ मा प्रकाशित
Total Shares: 88
काठमाडौं-नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ ।
कम्पनीले शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।
यससँगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख , शेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस