बालेनलाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण
काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै बालेन शाहलाई दोस्रो पटक पनि स्पष्टीकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ का उमेदवार बालेन्द्र शाहलाई आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको बताएका छन् ।सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने व्यहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो रु भनी आयोगले स्पष्टीकरण सोधेको हो । शाहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ स्पष्टीकरण माग गरेको छ ।
जसका बाजुरामा रास्वपाका उम्मेदवार हेमराज थापाले पिएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोडी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी मुख्यमन्त्री कार्यालयमा आएर अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको छ
यस्तै नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ का उम्मेदवार माधव सापकोट, रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम सबैसंग तीन दिनभित्र जवाफ माग गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस