काठमाडौं -  नेपालमा पछिल्लो २४ घण्टामा थप १८९ जनालाई कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा १८५ जना पुरुष र ४ महिलालाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए।

यो संगै नेपालमा संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । संक्रमित मध्ये १ हजार २८८ पुरुष र ११३ महिला छन् ।