काठमाडौं - नेपालमा कोराना भाइरस (कोभिड-१९)को बिरामी भेटिएको छ । फ्रान्सबाट फर्केका नेपाली नागरिकलाई कोरोना भाइरस पोजेटिभ भेटिएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्यमन्त्रालयले गरेको पत्रकार सम्मेलनमा एकजनामा सो भाइरस फेला परेको र अहिले टेकुमा उपचार भएको जानकारी दिएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस भेटिएको नेपाली १९ वर्षको महिला रहेको जानकारी दिए । मन्त्रालयले फ्रान्सबाट फर्केका नागरिकसँग भेटिएका अन्य व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएको छ ।