काठमाडौं - हाल देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान  महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

यस्तै, रातिमा भने देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जनरचट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।