हामी धेरै ठाउँमा जित्छौँ, नजितेको ठाउँमा प्रतिष्पर्धामा आउँछौँ : कुलमान घिसिङ
काठमाडौं - उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा धेरै ठाउँमा चुनाव जित्ने दाबी गरेका छन्।
काठमाडौं क्षेत्र नं ३ का उम्मेदवार समेत रहेका अध्यक्ष घिसिङले बाराको सिमरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवारी दिएका अधिकांस ठाउँमा चुनाव जित्ने दाबी गरेका हुन्।
उनले धेरै ठाउँमा उज्यालो नेपाल पार्टीले जित्ने, जित निकाल्न नसकेको स्थानमा प्रतिष्पर्धामा आउने उनको दाबी छ ।
उनले भनेका छन्- 'धेरै सीट जित्छौँ र नजितेको ठाउँमा प्रतिस्पर्धामा आउँछौँ । '
आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–३ सहित कुलमान देशका विभिन्न निर्वाचन क्षेत्रमा पुगिरहेका छन् ।
कुलमान नेतृत्वको पार्टीले देशभरका १६५ मध्ये १२१ वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । चुनावको दौरानमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरे पनि केही दिनमै एकता भत्किएपछि समानुपातिक सांसद हुने छैनन् । सो विषयमा कुलमानले असन्तुष्टि जनाए।
जेनजी आन्दोलनको माग र जनताको चाहनाअनुसार एकता गरेको भए पनि रास्वपाले सहमतिलाई कार्यान्वयन नगरेको बताए।
अन्तरिम सरकारको मन्त्री बनेका कुलमान राजीनामा दिएर राजनीतिमा होमिएका थिए । निर्वाचन गराउने म्याण्डेट पाएको सरकारका मन्त्री आफैँ निर्वाचनमा होमिएको भन्दै उनको आलोचना समेत भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस