योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित
काठमाडौं - योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन्।
बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन्। उनले खसेको ४६२मध्ये ३१४ मत पाएका छन्।
पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मीका रूपमा काम गरेका सुगा सोमबार भएको सत्तारूढ नेतृत्वको चुनावमा भारी मतले विजयी भएका थिए।
उनी यसअघि प्रमुख क्याबिनेट सेक्रेटरी थिए। सुगालाई प्रधानमन्त्री हुने बाटो खुलेको हो।७१ वर्षीय सुगाले आबेको विदेश र अर्थ नीतिलाई निरन्तरता दिने बताएका छन्।
आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिए थिए। सुगाले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद सम्हाल्ने छन्।
पार्टीको चुनाव जितेपछि सुगाले आबेलाई धन्यवाद दिएका थिए।
फेसबुक पेज Like गर्नुहोस